arrow

टङ्कप्रसाद–रमादेवी पाठकका नाममा एक लाखको अक्षयकोष स्थापना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १ शुक्रबार
akshyakosh-jhapa-NPU.jpg

बिर्तामोड । जनआन्दोलन साप्ताहिकका प्रकाशक यज्ञप्रसाद पाठकले एक लाखको अक्षयकोष स्थापना गरेका छन् ।नेपाल प्रेस युनियन झापाका केन्द्रीय पार्षद् समेत रहेका यज्ञप्रसाद र शकुन्तला पाठकले आफ्ना दिवङ्गत मातापिता टङ्कप्रसाद र रमादेवी पाठकका नाममा १ लाख रकम बराबरको टङ्कप्रसाद–रमादेवी पाठक स्मृति पत्रकार पुरस्कार अक्षयकोषको स्थापना गरेका हुन् ।

नेपाल प्रेस युनियन मातहतमा रहने गरी आफ्ना दिवङ्गत आमा बुबाका नाममा स्थापित अक्षयकोषको रकम शुक्रवारै युनियनका अध्यक्ष इन्दु पूर्वेली, निवर्तमान अध्यक्ष कृष्ण हुमागाईँ, सल्लाहकार राजेन्द्र गौतमसहितको टोलीलाई रकम संयुक्त रूपमा रकम हस्तान्तरण गरिएको हो ।

युनियनका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा आजै बसेको कार्यसमिति तथा सल्लाहकार र पार्षद्सहितको बैठकले उक्त कोष सञ्चालन सम्बन्धी कार्यविधि पारित गरेको सचिव डिल्लीराम घोर्साईँले जानकारी दिए ।

बुबा गोविन्द पाठक र आमा खड्गमायाको कोखबाट वि.सं १९८७ साल माघ २७ गते तेह्रथुम जिल्लाको इवा गा.वि.स. आठराई अर्चलेमा जन्मनुभएका टङ्कप्रसाद पाठक ऐ.ऐ छातेढुङ्गा–४ ईवाका मोहनलाल उप्रेती र आमा पद्मकला उप्रेतीकी सुपुत्री रमादेवी उप्रेतीसँग विवाह बन्धनमा बाँधिएका थिए । ६ छोरा र सात छोरी अर्थात् १३ सन्तानको लालन–पालन गर्ने क्रममा लगभग २५ वर्ष अगाडि झापा झरेका उनका सन्ततीहरु झापा, काठमाडौं, अमेरिका लगायतका स्थानमा भए पनि उनीहरूले भने बिर्तामोड नगरपालिका–४ मा स्थायी बसोबास गरे ।

सन्तानको समृद्धि, सामाजिक सेवा र आध्यात्मिक चिन्तनमा रमाउने दम्पतीमध्ये टङ्कनाथको  २०७३-०७-१५ सालमा निधन भयो भने रमादेवी पाठकको २०७८ साल जेठ ५ गते निधन भयो । जन्मपछि मृत्यु अवश्यम्भावी छ, तर आफ्ना पिता पुर्खाले राखेको सामाजिक काम एवम् उनीहरूको विरासतलाई सदा स्मरणीय बनाउन काइँला छोरा–बुहारी यज्ञप्रसाद–शकुन्तला कार्की पाठकले बुवा आमाको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन्।

यसअघि टङ्कप्रसाद र रमादेवीका माइला छोराबुहारी हेमप्रसाद–सरिता पाठकले राष्ट्रिय स्तरमा प्रदान गर्ने गरी टङ्कप्रसाद–रमादेवी राष्ट्रिय पत्रकारिता पुरस्कार स्थापना गरिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ