arrow

सरकारलाई चीनले थप १६ लाख डोज खोप अनुदान दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १ शुक्रबार
Deuba-yanchhi-china-amb.jpg

काठमाडौं । चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदान स्वरूप दिने भएको छ । चीनले अनुदान स्वरूप थप खोप दिने भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो । यसअघि विभिन्न मितिमा गरेर चीनले नेपाललाई १८ लाख डोज भेरोसेल खोप अनुदान स्वरूप दिइसकेको छ ।

शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका क्रममा नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीन सरकारले थप १६ लाख डोज खोप अनुदान स्वरुप दिने बताएकी हुन् ।

राजदूत यान्छीले प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर प्रधानमन्त्री देउवालाई भेटेकी हुन् । सो क्रममा नेपाल र चीनको दुई पक्षीय सम्बन्धकाबारेमा समेत कुराकानी भएको छ । देउवा प्रधानमन्त्री भएपछि चीनकी राजदुतले पहिलो पटक औपचारिक भेटवार्ता गरेकी हुन्। 

कोभिड-१९को महामारीका बेला नेपाललाई प्रदान गरेको सहयोगको लागि प्रधानमन्त्री देउवाले चीनप्रति कृतज्ञता व्यक्त गरेका छन् । यस्तै चीनको तर्फबाट राजदूत यान्लेछी निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ