arrow

खोप केन्द्र बढाउन प्रम देउवाको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १ शुक्रबार
sher-bahadur-deuba-congesss-nc.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ विरुद्धको खोप सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउनका लागि आवश्यकताअनुसार खोप केन्द्र बढाउन निर्देशन दिएका छन् ।  

खोप केन्द्रमा लामो लाइन भएको गुनासो सुनिएपछि उनले शुक्रवार मुख्यसचिव शङ्करदास वैरागी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई बोलाई सो निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन समेत निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले पद बहाली गरेलगत्तै पहिलो मन्त्रिपरिषद् बैठकबाट आगामी चैत भित्र खोप लगाउन आवश्यक पर्ने सबै समूहका नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाइ सक्ने निर्णय गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ