arrow

कोरोना महामारी : पोखरामा दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १ शुक्रबार
pokhara-2.jpg

पोखरा । कोरोना भाइरस सङ्क्रमणबाट पोखरामा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. ९ का ८५ वर्षका पुरुष रहेका छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । 

यस्तै, स्याङ्जा भीरकोट ४ का ८४ वर्षका पुरुषको पनि कोरोना सङ्क्रमणकै कारण मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

यसै गरी नवलपरासी पूर्वको देवचुली नगरपालिका वडा नं २ का ८२ वर्षका पुरुषको होम आइसोलेसनमा मृत्यु भएको संयोजक शर्माले बताए । योसहित गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार १७ पुगेको छ । 

गण्डकीमा पछिल्लो २४ घण्टामा ३६६ जना कोरोना संक्रमित निको भएका छन् भने शुक्रवार ३८१ जना संक्रमित थपिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ