arrow

दिव्यमणी नेतृत्वको समितिको सरकारलाई आग्रह : ओली सरकारले बढाएको पेट्रोलियम पदार्थको मूल्य र भाडा फिर्ता होस्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १ शुक्रबार
dibyamani-rajbhandari.gif

काठमाडौँ । नेपाली काँग्रेसको विषय समितिले केपी ओली नेतृत्वको सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि र सार्वजनिक यातायातमा गरेको भाडा वृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको छ । 

काँग्रेस सांसद दिव्यमणी राजभण्डारीको संयोजकत्वमा रहेको समितिको शुक्रवार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले सरोकारवालासँग छलफल तथा समन्वय नै नगरी सरकारले मनपरी ढङ्गबाट मूल्यवृद्धि र भाडा वृद्धि गरेको भनेको छ । 

समितिले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र सार्वजनिक यातायातमा भाडा वृद्धि गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै जनताहरूलाई परेको मर्काको विषयमा मनन गरी मूल्य वृद्धि फिर्ता लिन वर्तमान सरकारसँग माग गरेको हो । बैठकले ओली सरकारले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध गत असार २८ गते सम्मानित सर्वोच्च अदालतबाट भएको फैसलाको स्वागतसमेत गरेको छ । 

प्रतिनिधि सभा विघटन गर्ने सरकारको सो कदमलाई असंवैधानिक ठहर गर्दै संसद पुनर्स्थापनासहित काँग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने सर्वोच्च अदालतको निर्णय प्रतिसमेत बैठकले सम्मान व्यक्त गरेको छ । 

बैठकले सभापति एवं संसदीय दलका नेता देउवा प्रधानमन्त्री, दलका प्रमुख सचेतक बालकृष्ण खाँण गृहमन्त्री र प्रतिनिधि सभाका सदस्य ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेको छ । त्यस्तै बैठकले दैनिक उपभोग्य साम्रगीहरुमा हुने कालोबजारीहरुका बिषयमा छानबिन गर्नका लागि आयोग गठन गर्नका लागि माग गर्ने निर्णय समेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ