- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम। प्रदेश दुई सरकारका एक मन्त्री र राज्यमन्त्रीले राजीनामा दिएका छन्। आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले राजीनामा दिएका हुन्। स्रोतका अनुसार दुवै जनाले मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा पत्र बुझाइ सकेका छन्।
मन्त्री यादव र राज्यमन्त्री कुशवाहा दुवै जसपा उपेन्द्र यादव पक्षका नेता हुन्। मुख्यमन्त्री राउतले आज माओवादी केन्द्रलाई एक मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्।
दुई वटा मन्त्रालय पछि प्रदेश सरकारमा सहभागी हुने माओवादीको अडानमा थियो तर अहले एउटा महत्त्वपूर्ण मन्त्रालय लिएर सहभागी हुने तय गरेको छ।
प्रदेश सरकारमा माओवादी केन्द्र संसदीय दलका नेता भरत प्रसाद साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री बन्न लागेका हुन्। दुवै जना शनिवार दिउँसो ३ बजे मधेस भवनमा शपथ लिने तयारी रहेको मुख्यमन्त्री सचिवालयले जनाएको छ।