- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । प्रदेश २ मा नेकपा (माओवादी केन्द्र) पनि आज शनिबारदेखि सत्तारूढ दल बनेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रीमा माओवादी संसदीय दलका नेता भरत प्रसाद साह र राज्यमन्त्रीमा रुबी कर्ण शपथ लिएका हुन् ।
प्रदेश नं.२ को प्रदेश प्रमुख राजेश झा अहिराजले प्रदेश सरकारको नव नियुक्त मन्त्रीलाई शनिबार पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
शनिबार मुख्यमन्त्री लालबाबु राउतले आजै नियुक्त गरेका आन्तरिक मामिला तथा संचारमन्त्री भरत प्रसाद साहलाई प्रदेश प्रमुख झाले मधेश भवनमा आयोजित सपथ ग्रहण समारोहमा सपथ ग्रहण गराएका हुन् ।
त्यसैगरि नवनियुक्त आन्तरिक मामिला तथा संचार राज्यमन्त्री रुवी कुमारी कर्णलाई प्रदेश प्रमुख झाको उपस्थितिमा मुख्यमन्त्री राउतले सपथ ग्रहण गराएका हुन् ।
जनता समाजवादी पार्टीको नेतृत्वमा रहेको प्रदेश सरकारमा नेकपा माओवादी लाई सरकारमा सहभागी गराउन जसपा बाट मन्त्री रहेका ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री सरोज कुमार कुशवाहाले हिजो शुक्रबार मात्रै राजीनामा गरेका थिए ।
सपथ ग्रहण समारोहमा सभामुख सरोज कुमार यादव, प्रदेश सरकारका मन्त्रीहरु, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश, प्रमुख सचिव लगायत प्रदेश सरकारका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
भाषाको विवादले डेढ घण्टा ढिलो सपथ
सपथ ग्रहणको समय अपरान्ह ३ बजे निर्धारण गरिएपनि डेढ घण्टा पछि सुरु भएको थियो । मन्त्रीद्वयले मातृभाषा मैथिलीमा सपथ लिने अडान लिएका कारण ढिलो गरि सपथ ग्रहणको कार्यक्रम सुरु भएको थियो ।
तर कानून अभावका कारण नेपाली भाषामा सपथ लिनु परेको मन्त्री साहले बताए । सपथ ग्रहणलगत्तै उनले मातृभाषामा सपथ सम्बन्धी विधेयक ल्याउने प्रतिबद्धता व्यक्त गरे