arrow

संसद बैठकका लागि ८०१ को एन्टिजेन परीक्षण, तीन जना कर्मचारीको रिपोर्ट पोजेटिभ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २ शनिबार
corona-test.jpg

काठमाडौं । संसद सचिवालयले संसद् अधिवेशनका लागि तयारी स्वरुप सांसदको कोरोना परीक्षण शनिबार पनि जारी राखेको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आइतबारबाट सुरु हुने भएपछि सचिवालयले सांसद, कर्मचारी मर्यादापालक ,रिपोर्टिङका लागि आउने पत्रकार,आईटिसी कर्मचारी ,सांसदका स्वीकय सचिव लगायत ८०१ जनाको एन्टिजेन परीक्षण गरिसकेको जनाएको छ ।

हिजो शुक्रबार र आज शनिबार गरिएको परीक्षणका क्रममा तीन जना कर्मचारीको रिपोर्ट पोजेटिभ आएको छ । बाँकी सबै  ७९८ जनाको नेगेटिभ आएको संसद सचिबालयले जनाएको छ ।

परीक्षणमा एन्टिजोन पोजेटिभ देखिएकालाई होम आइसोलेसनमा पठाइनेछ। संसद्को अधिवेशन आइतबार ४ बजे आह्वान भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ