arrow

वर्षा हुने समय मंगलबारसम्म लम्बियो, सबैभन्दा बढी वर्षा नेपालगञ्जमा, खतरा कहाँ कहाँ ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३ आइतबार
monsoon-weather-cloud-rain.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा हुने समय लम्बिएको छ । महाशाखाले आइतबारदेखि मंगलबारसम्म तीन दिन नेपालमा समान्यदेखि अतिभारीसम्म वर्षा हुने जनाएको छ । 

महाशाखाले मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको जनाउँदै तराई भेगमा यो समयमा बढी पानी पर्ने प्रक्षेपण गरेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै  स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित भारी वर्षाको  सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १, गण्डकी, लुम्बिनी  र सुदूरपश्चचिम प्रदेशका थोरै  स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ। साथै सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

पछिल्लो २४ घण्टामा कहाँ कति पानी पर्यो ? 
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पानी नेपालगञ्जमा परेको छ । नेपालगञ्जमा ७०.२ मिलिमिटर, धनगढीमा ५० मिलिमिटर, घोराहीमा ४२.६ मिलिमिटर, जनकपुरमा ३३.६ मिलिमिटर र विराटनगरमा ३१.२ मिलिमिटर वर्षा भएको छ । 

त्यस्तै सिमरामा २२.५, वीरेन्द्रनगरमा ११, दिपायलमा ७.८, डडेलधुरामा ६.४, जुम्लामा ६.५, पोखरामा ८.४, भैरहवामा ८, काठमाडौंमा ११.२, ओखलढुङ्गामा ११, धनकुटामा १६.१ मिलिमिटर वर्षा भएको छ । 

आइतबारको खतरा
आइतबार महाकाली, कर्णाली, नारायणी, कोशी, तिनाउ, पश्चिम राप्ति, बबईका सहायक नदीहरु लगायत लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको चुरे र तराईको भूभाग भई बहने नदीहरुमा बहाव बढ्ने, केहीमा सतर्कता तह आसपास पुग्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्र तथा डुवान भईरहने क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।  

यस्तो हुनेछ सोमबारको पूर्वानुमान 
सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी , लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ । साथै सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

 यस्तो हुनेछ मंगलबारको पूर्वानुमान
देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी , लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ । साथै सुदूर पश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ