arrow

देउवा सरकारको निर्णयः ११ देशका राजदूत फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३ आइतबार
deuba-cabinet1-2078-03-29.jpg

काठमाडौं । मन्त्रिपरिषद् बैठकले अघिल्ला सरकारले संसदीय सुनुवाइको प्रक्रिया छलेर राजनीतिक आधारमा नियुक्त गरेका राजदूत नियुक्तीको निर्णय फिर्ता गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक भागबण्डाका आधारमा संसदीय प्रक्रिया छलेर गरेका राजदूत नियुक्तीको निणर्य फिर्ता गरेको एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीमा अनुसार दक्षिण कोरियाका लागि राजदूत नियुक्त भएका कृष्णचन्द्र शर्मा, अस्ट्रेलियाका लागि राजदूत नियुक्त सुम्नीमा तुलाधर, बहराइनका लागि नियुक्त युवराज कार्कीसहित नौं जनालाई मन्त्रिपरिषद्को निर्णयमार्फत फिर्ता बोलाइएको छ ।

मन्त्रिपरिषद् निणर्यबाट फिर्ता हुने राजदूतहरुमा श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमीत्रा सुवेदी, साउदी अरेबियाका लागि मेराज मुसलमान र रसियाका लागि जंगबहादुर चौहान छन् । यसैगरी अस्ट्रियाका लागि निर्मलराज काफ्ले र इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ छन् ।

यसअघिको ओली नेतृत्वको सरकारले विभिन्न मुलुकका राजदूत नियुक्त गर्न १ जेठमा सिफारिस गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ