arrow

राष्ट्र सङ्घको दोस्रो रोजाइमा नेपाली सेना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३ आइतबार
nepal_army-us-mission.jpg

काठमाडौँ । नेपाली सेना संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति सैनिक पठाउने सूचीमा दोस्रो स्थानमा स्तरोन्नति भएको छ । संयुक्त राष्ट्र सङ्घको १२ शान्ति पुनर्स्थापना मिसनमा सहभागी नेपाली सेना राष्ट्र सङ्घको वरियता सूचीमा तेस्रो स्थानबाट अहिले दोस्रो स्थानमा उक्लिएको हो ।

राष्ट्र सङ्घले विभिन्न मिसनमा फौजको सङ्ख्या घटाइरहेका बेला नेपालको राम्रो कार्य क्षमताका कारण सङ्ख्या थपको माग भइरहेको सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलले जानकारी दिए ।

विश्वका विभिन्न द्वन्द्वग्रस्त देशमा संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति पुनर्स्थापना तैनाथ करिब १२१ राष्ट्रमध्ये सङ्ख्याका आधारमा बङ्गलादेश, नेपाल, भारत, इथियोपिया र रुवान्डा क्रमशः अग्रणी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ