arrow

हालसम्म करिब ६६ लाख खोप आयात, सरकारको पहिलो प्राथमिकतामा जनताको जीवन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ४ सोमबार
Vaccine-deuba-start.jpg

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत लिने क्रममा आफ्नो मन्तव्यमा आफ्नो पहिलो तीन प्राथमिकता खोप रहेको बताएका थिए। उनले प्रधानमन्त्री हुनु अगावै पनि खोपलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए।

त्यसैगरि उनले संसद्मा दिएको अभिव्यक्तिमा 'विकास महत्त्वपूर्ण हो तर जनताको जीवन बढी महत्त्वपूर्ण हो' भन्ने कुराले देउवा सरकारको पहिलो ध्यान जनताको जीवन बचाउनेमा रहेको स्पष्ट रहेको छ।

नेपालमा अहिलेसम्म ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ । मुलुकमा अहिलेसम्म २९ लाख ९९ हजार २१४ पहिलो मात्रा र ११ लाख २९ हजार ९०८ दोस्रो मात्रा खोप लगाइसकिएको छ ।  

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाए लगत्तै सोमवारदेखि कोरोना भाइरसविरुद्धको खोप ‘जोन्सन एण्ड जोन्सन’ अभियानको निरीक्षण एवं अनुगमन गरेका छन् ।

प्रधानमन्त्री देउवाले खोप अभियान सञ्चालन भएका काठमाडौँ उपत्यकाका नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, महाराजञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पतालस्थित कोभिड–१९ केन्द्रीय युनिफाइड अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगी निरीक्षण गरेका हुन्।

केन्द्रीय युनिफाइड अस्पतालमा प्रधानमन्त्री देउवालाई उपनिर्देशक डा अशेष ढुङ्गेलले खोप लगाउनका लागि आयोजना गरिएको व्यवस्थाबारे जानकारी गराएका थिए ।   

जोन्सन एण्ड जोन्सन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका, पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मी, यसअघिको अभियानमा खोप लगाउन छुट भएकालाई लगाइने छ । देउवाले खोपलाई चाँडै नै देशभर पुर्‍याउने बताए

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ