arrow

प्रतिमान नीमा स्मृति प्रतिष्ठानले अमेरिकाबाट स्वास्थ्य सामाग्री नेपाल भित्रायो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ४ सोमबार
american-vaccine.JPG

काठमाडौँ । नेपालमा कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि प्रतिमान नीमा स्मृति प्रतिष्ठानको पहलमा दोस्रो चरणको सहयोग सामाग्री नेपाल आइपुगेको छ ।  अन्तर्राष्ट्रिय संस्थाहरू प्रोजेक्ट होप, एयर लिङ्क, फेलेक्स पोर्ट डट ओआरजी, हेनरी सेचिन केयरर्स, मेड शेयरको सहकार्यमा प्रतिष्ठानले आइतबार चाटर्ड विमानमार्फत दोस्रो चरणको सहयोग सामाग्री नेपाल भित्राएको हो । 

प्रतिष्ठानले पिपिई ग्राउन आइसोलेसन २० हजार थान, फेससिल्ड १९ हजार ४ सय ४० थान, मास्क ७० हजार थान, एन ९५ मास्क डिसपोजेवल १५ हजार थान भित्राएको छ । त्यस्तै  डिजल थर्मामिटर १६० पिस, प्रोटेक्ट फेससिल्ड १५ हजार सात सय ५० थान, पिपिई कभर मिडियम २३ सय ४ थान, पिपिई कभरअल लार्ज २३ सय ४ थान, इमरजेन्सी रिलिफ बेड ३० थान पनि आइपुगेको छ भने डिसपोजेवल ग्लोवस १४ लाख थान, केएन ९५ प्रोटेक्टिभ मास्क १ लाख २८ हजार थान गरी करिब आठ करोडको स्वास्थ्य सामाग्री नेपाल ल्याइएको प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिइन् ।  यसअघि पनि साढे दुई करोड बराबरको स्वास्थ्य सहयोग गरिसकेको उनको भनाई छ । 

उनले कोरोना तेस्रो चरणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्री ल्याइएको बताइन् ।  नेपाल ल्याइएका स्वास्थ्य स्वास्थ्य सामाग्री नेपाल सरकारसँगको समन्वयनमा सातै प्रदेशमा वितरण गरिने थापाले जानकारी दिइन् ।  त्यस्तै प्रतिष्ठानका निर्देशक धर्म केसीले कोरोना रोकथाम र न्यूनीकरणका लागि विभिन्न प्रकारका स्वास्थ्य सामाग्री नेपाल ल्याइएको र उक्त सामाग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिने जानकारी दिए ।  मन्त्रालयको आपूर्ति तथा व्यवस्थापन महाशाखासँगको समन्वय र सहमतिमा मुलुकका आवश्यक स्थानमा वितरण गरिने उनको भनाई छ । 

यसअघि पहिलो चरणमा दुई करोड ७० लाख बारावरको अक्सिजन कन्स्ट्रक्सन, अक्सिजन सिलिन्डर , मेडिकल टेन्ट , वाईप्याप मेसिन ,आइसियु बेड, पिपिई, स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरू वितरण गरेको थियो । 
 



नयाँ