arrow

कास्कीमा सक्रिय संक्रमित हजार नाघे, १ सय ९७ जना आजै थपिए 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ४ सोमबार
gandaki-province-corona.jpg

पोखरा । कास्कीमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । आज कास्कीमा ४३ जना थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको हो । स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १६ पुगेको छ । 

कास्की कोरोना सङ्क्रमणको रेड जोनमा छ । यसैबीच गण्डकीमा आज ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की, स्याङ्जा, बागलुङ र मनाङमा एक एक जना र नवलपरासी पूर्वमा दुई जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । 

 उनका अनुसार गण्डकीमा आज ४ सय १७ जना सङ्क्रमित थपिएका छन् भने २ सय ८४ जना निको भएका छन् । आज भेटिएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै कास्कीका १९७ जना छन् । योसँगै गण्डकीमा सङ्क्रमितको सङ्ख्या ६२ हजार नजिक पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ