- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालमा थप दुई हजार ४ सय ४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या सात लाख १८ हजार ४ सय ९४ पुगेको छ ।
थप सात हजार ८ सय ३३ जनाको पिसीआर परीक्षण तथा तीन हजार ८ सय ३१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसीआर विधिबाट एक हजार ६ सय ४२ तथा एन्टिजेनबाट ८सय ३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म ६ लाख ३३ हजार ३ सय ३२ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार २५८ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।
काठमाडौं उपत्यकामा ४ सय ७४ सङ्क्रमित थपिए
काठमाडौं उपत्यकामा पछिल्लो समय ४ सय ७४ सङ्क्रमित थपिएका छन् । काठमाडौंमा ३ सय ३०, ललितपुरमा ५६ तथा भक्तपुरमा ८८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट थप ३२ सङ्क्रमितको मृत्यु
पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप ३२ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ५ सय ८२ पुगेको मन्त्रालयले जनाएको छ ।