arrow

स्वास्थ्य मन्त्रालयको सचिवमा डा.पोखरेल नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ४ सोमबार
health_ministry_1617956882.JPG

काठमाडौं। स्वास्थ्य मन्त्रालयले करिब दुई वर्षपछि स्वास्थ्य सेवातर्फबाटै सचिव पाएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवातर्फको सचिवमा डा.रोशन पोखरेललाई नियुक्त गरेको हो।

स्वास्थ्य मन्त्रालय २०७६ पुस २१ बाट स्वास्थ्य सेवातर्फको सचिव विहीन थियो । त्यसयता प्रशासनतर्फका तीन जना सचिवले मन्त्रालयको प्रशासनिक नेतृत्व सम्हालिसकेका छन्। डा पोखरेलसँगै महेन्द्रप्रसाद श्रेष्ठ र डा.दीपेन्द्ररमण सिंहको नाम बढुवाका लागि लोकसेवा आयोगले सिफारिस गरेको थियो।

हाल डा.पोखरेल र श्रेष्ठ मन्त्रालयमा नै प्रमुख विशेषज्ञका रूपमा कार्यरत छन् भने डा.सिंह स्वास्थ्य सेवा विभागका महानिर्देशक छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ