सूर्य नेपाल प्रालिद्वारा कोभिड प्रकोप व्यवस्थापन कोषमा ५० लाख सहयोग
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ४ सोमबार
1.3k
Shares
तनहुँ। सूर्य नेपाल प्रालिले तनहुँका शुक्ल गण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिकाको “कोभिड–१९ प्रकोप व्यवस्थापन कोष” मा क्रमशः तीस लाख र बीस लाख गरी जम्मा ५० लाख रुपैयाँको सहयोग गरेको छ।
आज एक कार्यक्रमबीच सूर्य नेपाल प्रालिको शेराटार (तनहुँ) स्थित कारखाना प्रबन्धक बाबुराम कार्कीले सो रकम हस्तान्तरण गरेका हुन्। कारखाना प्रबन्धक बाबुराम कार्कीले सूर्य नेपाल प्रालिले यस क्षेत्रमा गर्दै आएको विभिन्न सहयोगको चर्चा गर्दै भविष्यमा पनि सहयोग जारी राख्ने बताएका हुन्।
कम्पनीको मानव संसाधन विभागका अञ्जन दुवाडीले यस क्षेत्रको दीर्घकालीन विकासको लागि स्थानीय सँग सहकार्य गर्दै अघि बढ्न सूर्य नेपाल प्रालि सदैव तयार रहेको जानकारी दिए।
कार्यक्रममा शुक्ल गण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिका प्रमुख, उप–प्रमुख तथा प्रमुख कार्यकारी अधिकृतहरूले सूर्य नेपाल प्रालिले यस क्षेत्रको सामाजिक आर्थिक विकासमा गरेको योगदानको उच्च प्रशंसा गर्दै भविष्यमा पनि यस्तै प्रकारको सहयोगको अपेक्षा समेत गरे।
सूर्य नेपाल प्रालिले गत वर्ष पनि शुक्ल गण्डकी नगरपालिका तनहुँको “कोभिड–१९ प्रकोप व्यवस्थापन कोष” मा दश लाख तथा सात वटै प्रदेशमा कोभिड विरुद्धको लडाइँमा सहयोग पुर्याउन एक–एक करोड रकम प्रदान गरेको थियो।
सूर्य नेपाल प्रालिले यस क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ। कम्पनीले गत आवमा पनि म्याग्दे गाउँपालिका र शुक्ल गण्डकी नगरपालिकालाई १–१ थान एम्बुलेन्स प्रदान गरेको थियो।
त्यस्तै कोभिडको रोकथाम तथा उपचारको लागि यस क्षेत्रका विभिन्न अस्पतालहरू तथा स्थानीयवासी हरुलाई विभिन्न स्वास्थ्य सामाग्रीहरू वितरण गरी कोभिडको महामारी विरुद्धको लडाइँमा सहयोग गर्दै आएको कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ।