arrow

बगदादमा बम विष्फोट, कम्तीमा २५ को मृत्यु, दर्जनौं घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ५ मंगलबार
bomb-explode-iraq.jpg

काठमाडौं । ईराकको राजधानी बगदादमा भएको बम विस्फोटमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । दर्जनौँ घाइते भएका छन् । विष्फोट एक व्यस्त बजारमा भएको सुरक्षा स्रोतहरूको प्रयोग गर्दै बीबीसीले उल्लेख गरेको छ । 

सर्वसाधारणले मङ्गलवार मुस्लिम पर्व इदको तयारी गरिरहँदा उत्तरी साड शहर क्षेत्रमा विस्फोट भएको हो । यो विष्फोट पछिल्लो छ महिनामा त्यहाँ भएको सबैभन्दा घातक हो ।

सोमबारको आक्रमणमा मारिनेहरूमा महिला र बालबालिका पनि थिए। केही पसलहरूमा आगलागी भएको बताइएको छ । 

उक्त विष्फोटको जिम्मा इस्लामिक स्टेट (आईएस) समूहले लिएको छ । इराकी सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुस्लिम जिहादी समूहमाथि विजयी भएको घोषणा गरेको थियो । 

तर पनि आईएसले निरन्तर आक्रमण गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ