arrow

नेपाल निवासमा पालैपालो पुगे प्रचण्ड र उपेन्द्रः माधव पक्ष पनि सरकारमा आउँदै 

नेपाल भेटेर प्रचण्ड वालुवाटारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ५ मंगलबार
deuba-prachanda-nepal-yadav-4-parties.jpg

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादव पालैपालै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा पुगेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष यादवले नेपालसँगको छुट्टाछुट्टै भएको भेटमा नेपाल पक्षलाई पनि सरकारमा ल्याउने बारेमा छलफल गरेका हुन् ।

‘तपाइँहरु पनि सरकारमा आउनुहोस्, सबै मिलेर अघि बढ्नु पर्ने अवस्था छ, हामी एक साथ अघि बढौं,’ प्रचण्डले एमाले वरिष्ठ नेता नेपाललाई भनेको उनी निकट स्रोतले जनाएको छ ।

प्रचण्डको सो प्रस्तावलाई नेपालले सकरात्मक रुपमा लिएका छन् । उनले सो बारेमा आन्तरिक छलफल गर्ने र टुंगो लगाउने जवाफ दिएका हुन् । भेटमा विकसित राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको थियो । 

नेपालसँगको भेटपछि प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनको सरकारी निवास वालुवाटार पुगेका छन् । प्रधानमन्त्री देउवासँगको भेटमा सरकार विस्तार र सरकार संचालनमा साझा धारणा बनाउने विषयमा छलफल भएको छ । 

सो क्रममा पहिले सरकारका तत्कालिन र दीर्घकालीन कार्यक्रम ल्याउने विषयमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड सहमत भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।
क्



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ