arrow

‘वामदेव गौतम उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्न लागेका होइनन्’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ५ मंगलबार
bamdev1.jpg

काठमाडौं । नेकपा एमालेका नेता बामदेव गौतम सरकारमा सहभागी हुने भन्नेबारेका समाचार गलत भएको सचिवालयले जनाएको छ ।

गौतमका स्वकिय सचिव दिपक टमाटाले सामाजिक संजालमार्फत गौतमको नाम जोडेर उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दैछ भनी प्रेषित समाचारप्रति कुनै सत्यता नभएको जनाएका हुन् ।

टमाटाले लेखेका छन्,‘विभिन्न सामाजिक सञ्जाल तथा पत्र पत्रिकामा क.वामदेव गौतमको नाम जोडेर उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दैछ भनी प्रेषित समाचारप्रति कुनै सत्यता नभएको र यस्ता कपोल कल्पित समाचार उहाँको चरित्र हत्यामा संलग्न अपराधी तत्वको दुष्प्रचार बाहेक अन्यथा केही नभएको  ब्यहोरा जानकारी गराउन चाहन्छौं । धन्यवाद ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ