arrow

पोखरामा सात जनाको मृत्यु, सक्रिय संक्रमित बढेको बढ्यै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ५ मंगलबार
gandaki-province-corona.jpg

पोखरा । पोखरा भाइरस सङ्क्रमणबाट पोखरामा मङ्गलवार मात्रै सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका चार जना र स्याङ्जा, म्याग्दी र लमजुङका एक एक जना छन् ।

यीमध्ये पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ जना र मेडिप्लस अस्पतालमा एक जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय अन्तर्गतको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । 

योसहित कोरोना सङ्क्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको सङ्ख्या एक हजार ३८ पुगेको छ । यीमध्ये कास्कीका मात्र ४३६ जनाको मृत्यु भएको छ ।

मङ्गलवार थपिए ४३८ जना संक्रमित
गण्डकीमा पछिल्लो २४ घण्टामा मात्रै ४३८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये सबैभन्दा धेरै कास्कीका १७९ जना रहेका छन् ।

यस्तै मनाङमा सात, म्याग्दीमा २०, पर्वतमा तीन, गोरखामा २०, लमजुङमा २५, तनहुँमा २०, बागलुङमा ६१, स्याङ्जामा २९ र नवलपरासी पूर्वमा ७४ जना संक्रमित थपिएको संयोजक शर्माले जानकारी दिए । 

योसहित गण्डकीमा कूल सङ्क्रमितको सङ्ख्या ६२ हजार ३६१ जना पुगेको छ । गण्डकीमा पछिल्लो २४ घण्टामा २६९ जना संक्रमित निको भएर निको हुनेको कूल सङ्ख्या ५२ हजार २९३ जना पुगेको छ । 

ह्वात्तै बढे सक्रिय संक्रमित
गण्डकीमा सक्रिय संक्रमित क्रमशः बढ्दै गएका छन् । मङ्गलवार को अन्तिम तथ्याङ्क अनुसार गण्डकीमा तीन हजार ३० जना सक्रिय संक्रमित छन् । सोमबार २८ सय ६८ रहेकोमा मङ्गलवार बढेर तीन हजार ३० सक्रिय संक्रमित पुगेको हो । 

आइतबार सक्रिय सङ्क्रमितको सङ्ख्या २७ सय ५१ जना थियो । सक्रिय सङ्क्रमितमध्ये २८ सय ९१ जना होम आइसोलेसनमै रहेको संयोजक शर्माले जानकारी दिए । 

कास्कीमा पनि सक्रिय संक्रमित बढ्दै
गण्डकी प्रदेशको राजधानी जिल्ला कास्कीमा पनि सक्रिय सङ्क्रमितको सङ्ख्या तीव्र रूपमा वृद्धि भएको छ । दोस्रो भेरियन्ट फैलिएसँगै कास्की रेडजोनबाट मुक्त हुन सकेको छैन ।

कास्कीमा मङ्गलवार पनि १११ जना सक्रिय संक्रमित थपिएका छन् । योसँगै कास्कीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ११ सय पाँच जना पुगेका छन् । कास्कीमा कूल सङ्क्रमितको सङ्ख्या २५ हजार ११४ जना पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ