arrow

देउवा-मोदीबीच वार्तापछि भारत सकारात्मक, आउने भयो कोभिसिल्ड खोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ५ मंगलबार
deuba-modi.jpg

काठमाडौं । भारतले नेपाललाई चाँडै नै कोरोना भाइरसविरुद्धको थप खोप उपलब्ध गराउने भएको छ । सोमबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोन वार्ता भएको थियो ।

वार्तापछि भारतीय प्रधानमन्त्री मोदीले  दुई देशबीच आपसी सहकार्य गर्ने र कोरोना महामारीको लडाइँ समेत सँगै लड्ने बताएका थिए ।

नेपालले भारतबाट खरिद गरेको २० लाख डोज खोपमध्ये १० लाख डोज खोप मात्रै नेपाल भित्रिएको छ । अब, बाँकी १० लाख डोज खोप पनि चाँडै भित्रिने भएको हो ।

भारतबाट खरिद भइसकेको आउन बाँकी १० लाख डोज खोपबाहेक थप खोप पनि आउने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार नेपाललाई खोप उपलब्ध गराउने विषयमा भारतीय पक्ष सकारात्मक भइसकेको छ ।

यद्यपि, 'कति खोप भित्रिन्छ र कहिलेसम्म आइपुग्छ भनेर मिति तोकेरै भने भन्न नसकिने' ती अधिकारीको भनाइ छ । प्रधानमन्त्री देउवाले खोपलाई मुख्य प्राथमिकतामा राखेका छन् । यस्तै, भारतीय पक्षसमेत सकारात्मक बनेको हुँदा भारतबाट खोप आउँने सम्भावना बलियो बनेको हो ।

नेपालमा हालसम्म ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ । यीमध्ये २९ लाख ९९ हजार २१४ पहिलो मात्रा र ११ लाख २९ हजार ९०८ ले दुवै मात्रा खोप लगाएका छन्।  

नेपालमा कोभिसिल्ड, भेरोसेल र ‘जोन्सन एण्ड जोन्सन’ले उत्पादन गरेको जेन्सेन खोप प्रोगमा आएो छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ