- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिले स्याङ्जा जिल्लाको वालिङ नगरपालिकामा रहेको मालपोत कार्यालयमा बैङ्कको एक्सटेन्सन काउन्टर स्थापना गरेको छ। मालपोत कार्यालयको राजश्व सङ्कलन तथा त्यस वरपरका बासिन्दाको बैङ्किङ आवश्यकता लाई मध्यनजर गर्दै बैङ्कले उक्त एक्सटेन्सन कार्यालय सञ्चालनमा ल्याएको हो।
साउन ५ गतेबाट सञ्चालनमा ल्याइएको एक्सटेन्सन काउन्टरको वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँडले उद्घाटन गरेका थिए।
माछापुच्छ्रे बैङ्कले देशका हरेक वर्ग र समुदायसम्म बैङ्किङ सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरूमा आफ्नो सेवा विस्तार गर्दै आएको छ। सोही क्रममा बैङ्कले स्याङ्जा जिल्लाको वालिङमा सुरु गरेको उक्त काउन्टर मार्फत मालपोत कार्यालयको सम्पूर्ण राजश्व सङ्कलनको साथसाथै आम नागरिकलाई आवश्यक पर्ने बैङ्किङ सेवा प्रदान गर्नेछ।
माछापुच्छ्रे बैङ्क लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कञ्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरू र १६५ शाखारहित बैङ्किङ सेवा, ५ एक्सटेन्सन काउन्टर समेत गरी जम्मा ३३१ स्थानबाट ९ लाख भन्दा बढी ग्राहकहरूमा सम्पूर्ण बैङ्किङ सुविधा प्रदान गरिरहेको छ। साथै, बैङ्कको देशभर २०२ वटा एटिएमहरू सञ्चालनमा रहेको छन्।