arrow

चामेको झोलुङ्गे पुल बगायो, आवतजावतमा सकस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ६ बुधबार
chame-sadak.jpg
फाइल तस्विर।

मनाङ। मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले सदरमुकाम चामेको झोलुङ्गे पुल बगाएको छ ।जिल्लाको माथिल्लो मनाङ जोड्ने एक मात्र चामे झोलुङ्गे पुल बगाएपछि चामे र मनाङको भक्तपुर तथा माथिल्लो मनाङसँगको आवतजावतमा सकस भएको छ । 

गत जेठ अन्तिममा परेको वर्षाले गर्दा मर्स्याङ्दी नदीमा आएको बाढीपहिरोले सडक सञ्जाल बगाएर विच्छेद भएको थियो । हिजो रातिदेखि परेको अविरल वर्षाका कारण आज चामेको झोलुङ्गे पुल पनि बगाएपछि यात्रा झन् सकस बनेको हो ।

माथिल्लो मनाङ जोड्ने उक्त पुल बिहान आएको बाढीले बगाएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । “सडक सञ्जाल विच्छेद भए पनि झोलुङ्गे पुलले सहज बनाएकोमा त्यो पनि बगाएपछि अझ सकस भयो,” उनले भने, “अन्यत्र केही ठाउँमा बनाएको काठका गोरेटो बाटोसमेत मर्स्याङ्दी नदीमा आएको बाढीले बगाएको छ । वर्षा कम हुँदा सहज हुन्छ की भन्ने आश लागे पनि पुनः वर्षा हुँदा समस्या जटिल बन्दै गएको छ । ”

बाढी पहिर प्रभावितलाई खाद्यान्नलगायत अत्यावश्यक वस्तु पुर्‍याउन सहज भएको स्थानमा पनि समस्या थपिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए । “यस पटक प्राकृतिक विपत्तिले पनि मनाङलाई धेरै कष्ट दिएको छ, अब बिस्तारै कम होला भन्यो, फेरि समस्या आउँछ, त्यसै त सडक सञ्जाल सहज नहुँदा खाद्यान्न अभाव हुने अवस्थामा छ,” उनले भने । 

चामेको मोटरेवल पुलमा भने हालसम्म समस्या रहेको छैन । पुलमा बाढीले ल्याएको बालुवा, ढुङ्गा र काठले पानी जाने बाटो थुनेर बस्तीतर्फ जाँदा त्यहाँस्थित विद्यालयमा क्षति पुगिरहेको छ । यसअघि नै आएको बाढी पहिरोले मनाङको सरकारी, गैरसरकारी तथा व्यक्तिगत भौतिक संरचनामा धेरै क्षति पुगिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ