arrow

पोखरामा दुई जनाको मृत्यु, गण्डकीमा ३ सय ६३ जना संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ६ बुधबार
gandaki-province-corona.jpg

पोखरा । कोरोना भाइरस सङ्क्रमणबाट पोखरामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा ५ की ४५ वर्षकी महिला र पोखरा २९ का ६२ वर्षका पुरुष छन् ।महिलाको मृत्यु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पुरुषको मृत्यु गण्डकी मेडिकल कलेजमा भएको हो । 

यस्तै कोरोना सङ्क्रमणकै कारण नवलपुरमा पनि ७३ वर्षकी महिलाको चितवन मेडिकल कलेजमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय अन्तर्गत आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । योसहित गण्डकीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ४१ जना पुगेको छ । 
  
गण्डकीमा पछिल्लो २४ घण्टामा २८१ जना निको भएको र आज ३६३ जना संक्रमित थपिएको संयोजक शर्माले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ