arrow

एलन मस्कले बोलेपछि फेरि बढ्यो बिटक्वैनको मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ७ बिहिबार
elon-musk.jpg

काठमाडौं । एलन मस्कले बिटक्वैनलाई टेस्लाले स्विकार्न सक्ने भनेसँगै फेरि बिटक्वैनको मूल्य बढेको छ । विश्वकै ठुलो कार निर्माता कम्पनीका सीईओ मस्कको टेस्ला कम्पनीले बिटक्वैनलाई कारोबारका लागि प्रयोग नगर्ने निर्णय गरेको थियो ।

वातावरणीय प्रभवको विषयलाई लिएर टेस्लाले बिटक्वैनलाई अस्वीकार गरेको थियो । तर, बुधवार 'दि बी वर्ड क्रिप्टोकरेन्सी'सँगको सम्मेलनमा बोल्दै मस्कले टेस्लाले बिटक्वैनलाई कारोबारका लागि स्विकार्न सक्ने बताएका थिए ।

मस्कको यो अन्तरवार्तापछि अहिले बिटक्वैनको मूल्य ६ प्रतिशतले बढेको छ भने अर्को क्रिप्टोकरेन्सी इथेरियमको मूल्य १० प्रतिशतले बढेको छ ।

बिटक्वैनकाे माइनिङका लागि अत्यधिक ऊर्जा चाहिने हुँदा यसले ठुलो मात्रामा कार्बनडाइअक्साइड उत्सर्जन गर्छ । जसले जलवायु परिवर्तनमा असर पार्छ । 

यसै कारण टेस्लाले बिटक्वैनलाई कारोबारका लागि स्वीकार नगर्ने निर्णय गरेको थियो । त्यसपछि बिटक्वैनकाे मूल्यमा भारी गिरावट आएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ