arrow

निषेधाज्ञा खोल्दा बढ्यो कोरोना सङ्क्रमण, स्वास्थ्य मन्त्रालयले दियो तेस्रो लहरको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ७ बिहिबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौं । केही दिन यता निषेधाज्ञा खुकुलो भएसँगै कोरोना भाइरसको सङ्क्रमण बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ । निषेधाज्ञा खुकुलो भएसँगै खुल्लमखुल्ला र लुकिछिपी तरिकाले स्वास्थ्य मापदण्डको समेत उल्लङ्घन भएसँगै सङ्क्रमण बढेको मन्त्रालयको निष्कर्ष छ ।

सङ्क्रमण बढेसँगै कोभिड१९ महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी समेत मन्त्रालयले दिएको छ । बिहीबार मन्त्रालयका प्रवक्ता डा. समिर कुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै तेस्रो लहरका लागि सबै स्वास्थ्य संस्थालाई अक्सिजन शैया र अन्य स्वास्थ्य सेवाहरू चुस्त दुरुस्त राख्न आग्रह समेत गरेका छन् ।

केही दिनअघि विश्व स्वास्थ्य सङ्गठनले समेत कोभिड१९को तेस्रो लहर आउने सङ्केत देखिएको बताएका थिए । योसँगै आज स्वास्थ्य मन्त्रालये कोरोना सङ्क्रमण बढेको निष्कर्ष निकाल्दै तेस्रो लहरका लागि तयार रहन सङ्केत दिएको हो ।

हेर्नुहोस् मन्त्रालयद्वारा जारी विज्ञप्ति:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ