arrow

गण्डकीमा एकै दिन ६ सय ५५ जना संक्रमित निको

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ७ बिहिबार
gandaki-province-corona.jpg

पोखरा । गण्डकी प्रदेशमा बिहीबार एकै दिन ६ सय ५५ जना कोरोना संक्रमित निको भएका छन् । बिहीबारसहित गण्डकीमा कोरोना संक्रमित भएर निको हुनेको सङ्ख्या ५२ हजार २ सय २९ जना पुगेका छन् ।

गण्डकीमा बिहीबार ४ सय ७१ जना संक्रमित थपिएर कूल सङ्क्रमितको सङ्ख्या ६३ हजार १ सय ९५ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

बिहीबारको अन्तिम तथ्याङ्क अनुसार गण्डकीमा सक्रिय सङ्क्रमितको सङ्ख्या २९ सय २२ जना छन् । बुधवार ३१ सय नौ जना सक्रिय संक्रमित रहेको गण्डकीमा बिहीबार घटेर २९ सय २२ मा आइपुगेको हो । 

यसैबिच बिहीबार गण्डकी प्रदेशमा तीन जना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखराका दुई जना र नवलपरासी पूर्वका एक जना रहेको बताइन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ