arrow

भूकम्पले बिहानै हल्लायो उपत्यका

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ८ शुक्रबार
earthquake2.jpg

काठमाडौं । भूकम्पले शुक्रबार बिहानै काठमाडौं उपत्यकालाई हल्लाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको मापन थोरै नै भए पनि त्यसले झड्का भने ठूलै दिएको थियो । 

३.५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प बिहान ७ः०५ बजे गएको केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईले जानकारी दिए । 

क्षतिको विवरण भने आइसकेको छैन । केन्द्रले ४ रेक्टर स्केलभन्दा कमको क्षमतालाई गणनामा राख्ने गरेको छैन । 

उक्त भूकम्प २०७२ साल बैशाख १२ गते गएको गोरखा भूकम्पको पराकम्पन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । उक्त भूकम्प गएको ६ वर्ष नाघे पनि अहिलेसम्म पराकम्पन आउन छाडेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ