arrow

पत्थरीको शल्यक्रिया गर्न गएकी सविनाको मृत्यु, फेवासिटी अस्पतालमा तनाव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ८ शुक्रबार
fewacity-hospital.jpg

पोखरा । बिरामीको मृत्यु भएपछि पोखरास्थित फेवासिटी अस्पतालमा तनाव भएको छ । पत्थरीको शल्यक्रिया गर्ने क्रममा स्याङ्जाकी एक युवतीको मृत्यु भएपछि आफन्तले अस्पतालमा आन्दोलन गरेका हुन् । 

मृत्यु हुनेमा स्याङ्जा आँधीखोला गाउँपालिका वडा नं. ६ की २६ वर्षकी  सविना ढकाल पोख्रेल रहेकी छन् । उनी कोखा दुखेर उपचारका लागि पोखरा आएकी थिइन् । फेवा सिटीमा चेकजाँचका क्रममा सविनामा पत्थरी भएको चिकित्सकले जनाएको उनका आफन्तले बताएका छन् ।

चिकित्सकले अपरेसन गरेर पत्थरी फाल्दा राम्रो हुने जनाएपछि आफूहरूले मानेको आफन्तको भनाइ छ । अपरेसन गर्न जाने क्रममा ठिकठाक रहेकी सविनाको बिहीबार राति ९ बजे चिकित्सकले अपरेसन असफल भई मृत्यु भयो भन्दा आफूहरू आश्चर्यमा परेको ती आफन्तले बताए । उनीहरूले अस्पतालकै लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लगाएका छन् ।

यस विषयमा अस्पताल प्रशासनको कुनै धारणा सार्वजनिक भएको छैन । अहिले केही बेर अघि दुवै पक्ष वार्तामा बसिरहेको अस्पतालको सोधपुछले जनाएको छ । 
अस्पतालमा प्रहरीले कडा सुरक्षा दिएको छ । बिरामीका आफन्तहरूले नाराबाजी गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ