arrow

गण्डकी प्रदेशको मन्त्रीपरिषद् डेढ महिनापछि पूर्ण, नवनियुक्त ६ मन्त्रीद्वारा शपथग्रहण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ८ शुक्रबार
gandaki-mantrimandal.png

पोखरा । गण्डकी प्रदेशको मन्त्रीपरिषद्ले करिब डेढ महिनापछि पूर्णता पाएको छ । एकै पटक ६ जना मन्त्री थपिएसँगै मन्त्रीपरिषद्मा मुख्यमन्त्रीसहित ११ सदस्यीय मन्त्रीमण्डल बनेको छ । 

प्रदेश प्रमुख सीता कुमारी पौडेलले नवनियुक्त ६ जना मन्त्रीहरूलाई शपथ ग्रहण गराएकी छिन् । शुक्रवार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएकी हुन् । 

अघिल्लो सरकार पृथ्वी सुब्बा गुरुङ नेतृत्वको मन्त्रीमण्डलमा आठ सदस्य रहे पनि हालका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीमण्डलका सदस्य बढाएर ११ सदस्यीय बनाएका हुन् ।

आज थपिएकाहरूमा काङ्ग्रेसबाट मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री, मणिभद्र शर्मा पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति र विन्दुकुमार थापा कानुन सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रीका रूपमा शपथ लिएका छन् । 

यस्तै, माओवादीबाट रामजी बरालले अर्थ, चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्री र दीपक थापाले वन वातावरण तथा भूसंरक्षण मन्त्रीका रूपमा रूपमा शपथ लिएका छन् ।

यसअघि सामाजिक विकास मन्त्रीको जिम्मेवारी सम्हालेका कुमार खड्कालाई भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रीको जिम्मेवारी दिइएको छ ।

यसअघि माओवादीकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसङ्ख्या, जसपाका हरिशरण आचार्यले ऊर्जा र स्वतन्त्र सांसद राजीव गुरुङले खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।

काँग्रेस, माओवादी, जसपा र राजमोको समर्थनमा गत २९ जेठमा काँग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बनेका थिए । गठबन्धनबिच विवाद उत्पन्न हुँदा मुख्यमन्त्री नेपालीले मन्त्रीपरिषद् विस्तार गर्न सकेका थिएनन् । 

मुख्यमन्त्रीले गण्डकीको विवाद मिलाउन पार्टीको केन्द्रीय नेतृत्व समक्ष आग्रह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ