arrow

कोरोना अपडेट : करिब ३ हजार सङ्क्रमित थपिए, १,६७८ जना निको भए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ८ शुक्रबार
corona-variant.jpg
फाइल तस्बिर

काठमाडौँ। पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७७ जनामा कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या  ७ लाख ३० हजार १४६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७८ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ३९ हजार ३ सय ६८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या  ९ हजार ६ सय ७९ पुगेको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २७ हजार ६ सय ६१ रहेको छ । पछिल्लो २४ घण्टामा  १७ हजार ३ सय ८ जनाको नमुना परीक्षण गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ