arrow

गण्डकीमा संक्रमितको सङ्ख्या ४ सय २०, निको हुने ४ सय १० जना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ८ शुक्रबार
gandaki-province-corona.jpg

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ४२० जना कोरोना संक्रमित थपिएका छन् भने ४१० जना संक्रमित निको भएका छन् । शुक्रवार ११ सय ७८ जनाको कोरोना परीक्षण गराउँदा ७५८ जनाको रिपोर्ट नेगेटिभ आएको हो । 

गण्डकीमा शुक्रवारका ४१० जनासहित निको हुने सङ्क्रमितको सङ्ख्या ५९ हजार ६३९ जना पुगेका छन् । गण्डकीमा शुक्रवारसहित २९ सय ३० जना सक्रिय संक्रमित छन् । 

शुक्रवार थपिएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै कास्कीका १५७ जना रहेका छन् । कास्कीमा हालसम्म कूल सङ्क्रमितको सङ्ख्या २५ हजार ६५७ जना पुगेको छ भने २४ हजार सात जना निको भएका छन् । कास्कीमा शुक्रवारको अन्तिम तथ्याङ्क अनुसार १२ सय १० जना सक्रिय संक्रमित छन् । 

गण्डकीमा शुक्रवार कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये तनहुँका एक र पोखराका एक जना छन् । योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ४६ जना पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ