arrow

गुरुपूर्णिमामा अधिकतम लाभ कसरी प्राप्त गर्ने ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ८ शुक्रबार
guru-purnimas.jpg

हरेक साधकले आफ्नो आध्यात्मिक यात्रामा कुनै न कुनै समय ईश्वरलाई अनुभव गरेको हुन्छ । जसले साधकलाई मार्गदर्शक गर्छ, यो ईश्वरको मार्गदर्शक सिद्धान्त हो, जसलाई गुरु सिद्धान्त पनि भन्दछ । गुरु तत्त्वले साधकलाई साधनामा ल्याउने र आध्यात्मिक यात्राको प्रत्येक चरणमा मार्गदर्शन गर्ने कार्य पनि गर्दछ । अतः गुरु तत्त्व साधकको जीवनमा विशेष महत्त्व राख्दछ । 

स्वाभाविक रूपमा एउटा इमानदार साधक आफ्नो जीवनमा सबै रूपमा प्रकट भएको गुरु तत्त्वप्रति कृतज्ञता व्यक्त गर्दछ । कुनै पनि दिन गुरु तत्त्वप्रति कृतज्ञता व्यक्त गर्नु शुभ दिन हो तर एउटा दिन जसलाई गुरुपूर्णिमा भन्दछौँ जुन विशेष रूपमा महत्त्वपूर्ण हुन्छ । यो यस कारण हो कि यस दिन ब्रह्माण्डमा गुरु तत्त्व हजार गुना अधिक सक्रिय हुन्छ । वास्तवमा, गुरु तत्त्व गुरुपूर्णिमाको अवधि भरि गतिविधिमा वृद्धि गर्दछ।

यसको मतलब यदि गुरुपूर्णिमा अगाडिको सबै दिनहरूमा र गुरुपूर्णिमाकै दिनमा सही दृष्टिकोण र सही प्रयास गर्‍यौँ भने आध्यात्मिक स्तरमा निकै लाभ लिन सकिन्छ । यो वर्ष गुरुपूर्णिमा २३ जुलाई देखि २४ जुलाई  २०२१ (२०७८ साउन ८ देखि ९ ) मा पर्दछ। यहाँ केही बुँदाहरू छन् जुन तपाई यस अवधिमा गुरु तत्त्वको वृद्धि गतिविधिबाट लाभ उठाउन सक्नुहुन्छ।

सिक्ने प्रवृत्ति बनाइ राख्ने
कहिलेकाहीँ जीवनमा यस्तो परिस्थितिहरूको सामना गर्नपर्छ जसले हामीलाई विभिन्न तरीकाले चुनौती दिन्छन् । जीवनको सबै परिस्थितिहरूमा यदि सिक्ने प्रवृत्ति राख्यौँ भने हामी गुरु तत्त्वसँग जोडिन्छौँ अनि हामीलाई के सिकाई रहनु भएको छ त्यसको लाभ लिन सक्छौँ । एउटा भनाइ छ “परिस्थिति नै गुरु हो” त्यसैले हामी आध्यात्मिक भाव राख्न सक्छौँ की हरेक परिस्थिति ईश्वरले हामीलाई सिकाउनको लागि दिनु भएको हो । हामी ईश्वरलाई प्रश्न गर्न सक्छौँ की उहाँले हामीलाई प्रत्येक परिस्थितिबाट के सिकाउन खोज्दै हुनुहुन्छ।

ईश्वरले जे दिनु भएको छ त्यसको लागि कृतज्ञता बढाउने
ईश्वरले सम्पूर्ण ब्रह्माण्ड सिर्जना गर्नु भयो । ईश्वरले हामीलाई जीवन दिनु भएको छ र प्रत्येक क्षण हेरविचार गरिरहनु भएको छ । उहाँले हामीलाई जे चाहिएको छ त्यो प्रदान गरिदिनुहुन्छ ताकि हामी साधनामा ध्यान केन्द्रित गर्न सकोस् । तर धेरै समयसम्म हामी यो जागरूकता बनाई राख्न असमर्थ छौँ । ईश्वरप्रति कृतज्ञता भाव बढाउने प्रयास गर्नाले आध्यात्मिक भाव विकास र कायम राख्न मद्दत गर्दछ जसले हामीलाई तीव्र आध्यात्मिक प्रगति गर्न सक्षम बनाउँछ ।

मात्रात्मक अनि गुणात्मक रूपले साधनामा प्रयास बढाउने
गुरुपूर्णिमा आउने दिनसम्मको अवधि आध्यात्मिक प्रगतिको लागि अत्यधिक अनुकूल हुन्छ । यो अवधिमा साधनामा ज्यादा प्रयास गर्नाले हामी गुरु तत्त्व आकर्षित गर्छौँ र अधिकतम लाभ प्राप्त गर्न सक्छौँ । हामी हाम्रो प्रयास मात्रात्मक र गुणात्मक रूपमा बढाउन सक्छौँ । मात्राको स्तरमा प्रयास भन्नाले धेरै नाम जाप गर्ने, धेरै स्वभाव दोष हटाउने प्रक्रिया गर्ने, धेरै समय सत्सेवा गर्ने आदि। गुणात्मक स्तरमा प्रयास बढाउने भन्नाले नाम जप भावपूर्ण गर्ने, सत्सेवा एकाग्रताको साथ परिपूर्ण कम गल्तीको साथ गर्ने, गल्तीहरूको गहिरो अभ्यास गर्ने र कहाँ सुधार गर्न सकिन्छ त्यो थाहा पाउने ।

आफूसँग जे छ त्यो ईश्वरलाई अर्पित गर्ने
ईश्वर हामीलाई सबै कुरा दिन तयार हुनुहुन्छ । तर हामी कसरी उहाँले दिई रहनु भएको छ, त्यसको लागि योग्य पात्र बन्न सक्छौँ ? हामीले हामीसँग भएको जे छन् त्यो ईश्वरलाई अर्पित गर्नाले हामी भित्र ईश्वरको आशीर्वाद प्राप्त गर्ने खाली जगा बनाउँछौँ ।हाम्रो मन ईश्वरको नाम जप र स्वाभावदोष हटाउने प्रक्रिया गर्नको लागि अर्पन गर्न सक्छौँ । हाम्रो शरीर र बुद्धि विभिन्न सतसेवा गर्नको लागि ईश्वरलाई अर्पित गर्न सक्छौँ । हामी सन्त अथवा आध्यात्मिक सङ्गठनहरूलाई दान गर्न सक्छौँ जुन विश्वव्यापी सिद्धान्तहरूमा आधारित आध्यात्मिकता फैलाउन समर्पित छन् । एसएसआरएफ इच्छुक साधकहरूलाई उनीहरूको मन, बुद्धि र धन ईश्वरप्रति समर्पित गर्ने विभिन्न तरिकाहरू प्रदान गर्दछ । यी मध्य, धन अर्पण गर्न सबै भन्दा सजिलो हुन्छ तर सम्भव भएर सम्म सबै स्तरहरूमा अर्पण गर्नाले सबै भन्दा धेरै लाभ मिल्दछ  ।   

इमेल : hjsnepal@gmail.com

वेवसाइट:  स्पिरिच्युअल साइन्स रिसर्च फाउन्डेसन (एसएसआरएफ)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ