arrow

कानून निर्माणसंगै कानूनी व्यवस्थालाई थप चुस्तदुरुस्त र प्रभावकारी बनाउनेछुः  मन्त्री थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ९ शनिबार
bindukumar-thapa-gandaki.png

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले कानून निर्माणसंगै कानूनी व्यवस्थालाई थप चुस्तदुरुस्त र प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् ।

उनले सञ्चार तथा प्रदेश मामलाको प्रभावकारी नीति निर्माण एवम् कार्यसम्पादनमा कुनै कसर बाँकी नराखी आफ्नो क्षमता र सबैको सुझावका आधारमा कुशलतापूर्वक आफ्नो जिम्मेवारी वहन गर्ने प्रतिवद्धता पनि जनाए । 

मन्त्री थापाले २०७४ सालमा जनताले आफूलाई विश्वास गरेर अमूल्य मत प्रदान गरेको र सोही आधारमा आफूले पनि विकास निर्माण र नीति निर्माणमा सदैब अग्रसर भएर जनताकै माँझ, जनताकै सुख दुःखको सहयात्री बनेको स्पष्ट पारे ।

कुनै समय आफू कानूनको विद्यार्थीसमेत भएको भन्दै मन्त्री थापाले यस घडीमा प्राप्त कानून, सञ्चार तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारीलाई जनताको सेवा गर्ने सुनौलो अवसरका रुपमा लिएको उल्लेख गरे ।

जनताको रचनात्मक सुझाव र सल्लाह आफू र समृद्ध प्रदेश निर्माणका लागि महत्वपूर्ण हुने भन्दै मन्त्री थापाले आफ्नो मन्त्रालयमार्फत हुने कुनै पनि काम, महत्वपूर्ण सुझाव, सल्लाह र गुनासाका लागि कार्यकक्ष सदैव खुला रहने समेत स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ