arrow

कहाँ कति पर्‍यो पानी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १० आइतबार
raining.jpeg

काठमाडौं । देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । यसकै कारण विभिन्न स्थानमा वर्षा भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी नेपालगञ्जमा २६ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी वीरेन्द्रनगरमा १३.२ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

त्यस्तै काठमाडौं उपत्यकामा १०.८ मिलिमिटर वर्षा भएको छ । पोखरामा ८ मिलिमिटर तथा दिपायलमा ३.८ मिलिमिटर वर्षा भएको छ । 

 अन्य क्षेत्रहरुमा उल्लेखनीय वर्षा भएको छैन । डडेलधुरामा ०.३, जुम्लामा ०.८, विराटनगरमा १.४ तथा ताप्लेजुङ्ग र धनकुटामा समान ०.२ मिलिमिटर वर्षा भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ