- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कपाल फुल्ने मानिसको सीधा नाता तनाव लिनुसँग रहेको पाइएको छ । तनाव र स्ट्रेस हुँदा शरीरमा कयौं किसिमका समस्या आउने पनि पाइएको छ । यसको असर स्वास्थ्यमा त पर्छ नै कपाल र छालामाथि पनि देखिन थाल्छ ।
एक अध्ययनका अनुसार हामी तनावमुक्त भयौं भने फुलेको कपाल पनि कालो हुन थाल्छ । न्यूयोर्कको कोलम्बिया युनिभर्सिटी इरविंग मेडिकल सेन्टरले दाबी गरे अनुसार पहिलो पटक यो सावित भएको छ कि तनावका कारण कपाल फुल्न सक्छ ।
यो अध्ययनमा पहिलो पटक मनोवैज्ञानिक तनावबाट कपाल सेतो हुने संख्यामा आधारित क्वान्टिटेटिभ प्रमाण जुटाइएको छ । अध्ययनले तनाव सकिँदै जाँदा सहभागीहरुको कपाल पनि कालो हुँदै गएको देखाएको छ । यो देखेर अनुसन्धानकर्ता पनि हैरान भएका छन् ।
मुख्य अनुसन्धानकर्ता पिकार्डका अनुसार कपालमा जैविक इतिहास लुकेको हुन्छ । वैज्ञानिकहरुले तनाव हुँदा मानिसको कोशिकाहरुको पावरहाउस भनिने माइटोकोन्ड्रियामा बदलाव आउने गर्छ । जसका कारण कपालमा पाइने कयौं प्रोटिन कदलिन्छन् र कालो कपाल सेतो हुने गर्दछ ।
कपालको अन्तिम सिरालाई हेयर फोलिकल भनिन्छ । यो टाउकोको छालासँग जोडिएको हुन्छ । जब मानिस युवा हुँदै जान्छ तब शरीरका कोशिकाले कपालमा खास प्रकारका पिगमेन्ट निर्माण गर्छ । यी पिगमेन्टका कारणले कपाल कालो गर्दछ । यही पिगमेन्टलाई मिलेनोसायट्स भनिन्छ । जब जब मानिस बुढो हुँदै जान्छ मिलेनोसायट्स कम हुँदै जान्छ र विस्तारै कपाल सेतो हुँदै जान्छ ।
पिकार्डका अनुसार १४ भोलेन्टियरको तनावमा आधारित नतिजा अनुसार छुट्टीमा बसेका एक भोलेन्टियरका पाँच वटा कपाल फेरि काला पाइएका थिए ।
यो अध्ययनबाट थाहा हुन्छ कि एक खास प्रोटिन जसलाई सीडीके भनिन्छ त्यसले सेललाई ड्यामेज गर्दै लैजान्छ । प्रोटिन तनावका बेलामा तीव्र गतिमा बन्दछ । यस्तो बेलामा कालो कपाल सेतो हुँदै जान्छ ।
पिकार्डका अनुसार जब कपालले रंग बदल्छ तब करीब तीन सय प्रकारका प्रोटिनमा पनि परिवर्तन आउँछ । (एजेन्सीको सहयोगमा)