arrow

कोरोना महामारीः गण्डकीमा चार जनाको मृत्यु, ४४७ संक्रमित थपिए 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १० आइतबार
gandaki-province-corona.jpg

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये दुई जना पोखराका र एक जना बागलुङ र एक जना गोरखाका छन् ।

यस्तै, कास्कीमा २०० र बागलुङमा १०० जनासहित गण्डकीमा ४४७ जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकीमा पछिल्लो २४ घण्टामा ३४४ जना कोरोना संक्रमित निको भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय अन्तर्गत आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ