arrow

१० जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १० आइतबार
corona-variant.jpg

काठमाडौँ । देशभरका १० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । हाल मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, नवलपरासी पूर्व, कास्की र रूपन्देही गरी १० जिल्लामा सक्रिय संक्रमित ५०० भन्दा बढी रहेका हुन् । त्यस्तै छम्बीस जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या २०० भन्दा बढी रहेको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा पाँच हजार ६१६, ललितपुर एक हजार ८९ र भक्तपुरमा ९१० सक्रिय संक्रमित रहेका छन् । 

पछिल्लो २४ घण्टामा देशभर दुई हजार २३७ संक्रमित थपिएका छन् भने दुई हजार ५० जना संक्रमणमुक्त भएका छन् । जम्मा १० हजार ५६९ लाई पिसीआर र तीन हजार २६५ को एन्टिजिन विधिबाट गरी जम्मा १३ हजार ८३४ जनामा भएको परीक्षणमा सो संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

हालसम्म देशभरमा गरी ३५ लाख ३९ हजार ८३ जनाको पिसीआर र दुई लाख ८९ हजार ७२९ को एन्टिजेन विधिबाट परीक्षण भएको छ । अहिलेसम्म पिसीआर विधिबाट भएको परीक्षणमा जम्मा पोजेटिभ छ लाख ८० हजार ५५६ देखिएका छन् । हालसम्म संक्रमितमध्ये छ लाख ४३ हजार ६१५ लाई निको भएको छ । संक्रमितमध्ये निको हुने दर ९४ दशमलव छ प्रतिशत रहेको छ । हालसम्म नौ हजार ७१३ को मृत्यु भएको छ । 

कोभिडविरुद्ध पहिलो मात्राको खोप लगाउनेको सङ्ख्या ३३ लाख ८३ हजार ३८ रहेको छ भने पूर्ण मात्राको खोप लगाउनेको सङ्ख्या १३ लाख ९८ हजार १७८ रहेको छ । संक्रमितमध्ये पुरुष ६० दशमलव ३३ प्रतिशत र महिला ३९ दशमलव ६७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा नै १८ को कोभिडका कारण मृत्यु भएको छ ।  



नयाँ