arrow

शपथपछि राज्यमन्त्री श्रेष्ठले भनेः स्वास्थ्य क्षेत्रको इन्चइन्च समस्या थाहा छ, समाधान गर्नेछु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १० आइतबार
health-Umesh-news.jpg

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार सिंहदरबारमा शपथ लिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्री श्रेष्ठलाई शपथ गराएका हुन् ।

शपथ पछि प्रधानमन्त्री देउवाले नागरिक सेवामा काम गर्न राज्यमन्त्री श्रेष्ठलाई निर्देशनसमेत दिए । उनले सर्वसाधारणलाई सबै तहसम्म खोप पुर्‍याउने गरी तत्काल काम थाल्न निर्देशन दिए ।

शपथपछि श्रेष्ठले सरकारको पहिलो प्राथमिकता कोरोनाविरूद्ध सबै नेपालीलाई खोप लगाउने भएको बताए । उनले स्वास्थ्य क्षेत्रको समस्याबारे आफू जानकार रहेको बताए ।

लामो समयदेखि शिक्षा र स्वास्थ्य काम गरेको उल्लेख गर्दै उनले भने, ‘स्वास्थ्यको इन्चइन्च समस्या थाहा छ, त्यसैले अहिले अहिले खोप व्यवस्थापनमा लाग्नेछु’ उनले अगाडि भने,‘गरिबलाई स्वास्थ्य सेवा दिनेछु र सरकारी अस्पतालको व्यवस्थापन राम्रो बनाउनेछु ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ