arrow

कोरोना अपडेट : ३ हजारबढी संक्रमित थपिए, १६ सय निको भए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ११ सोमबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय २१ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको संख्या  ७ लाख ३८ हजार ९१८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ६८६ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४५ हजार ३०१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या  ९ हजार ७ सय ३८ पुगेको छ।

हाल सक्रिय संक्रमितको संख्या २७ हजार ९ सय ८ रहेको छ । पछिल्लो २४ घण्टामा १७ हजार २७२ जनाको नमुना परीक्षण गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ