arrow

रेशम चौधरीले भने - श्रीमान् न्याय देऊ, क्षमा चाहिँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ११ सोमबार
resham-chaudari.JPG

काठमाडौँ । निलम्बित प्रतिनिधिसभा सदस्य तथा जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरीले आफू न्यायको प्रतीक्षामा रहेको बताएका छन् ।  

जसपा आधिकारिकता विवादको टुङ्गो लगाउने क्रममा निर्वाचन आयोगले गरेको सनाखतमा सहभागी हुन डिल्लीबजार कारागारबाट कान्तिपथस्थित निर्वाचन आयोगमा पुगेका चौधरीले आफू न्यायको प्रतीक्षामा रहेको सुनाए । 

उनले आफू राजनीतिक मुद्दाका कारणले जेल बस्नुपरेको भन्दै कवितात्मक शैलीमा न्यायको माग गरे । 
कठघरामा उभिएर जति सत्य बके पनि,
न्याय पाउँ भन्दै हजुर सयौँ पटक झुके पनि,
निरीह ठान्दा रहेछन् शिर निहुराएपछि,
दोषी ठहर्‍याउँदा रैछन् चुप लागेर बसेपछि
श्रीमान् न्याय देऊ, हामीलाई क्षमा चाहिँदैन
दोषीलाई दण्ड देऊ तर निर्दोषीलाई थुन्न पाइँदैन,
एक न्याय, दुई न्याय, तीन न्याय !

उनी कैलालीको टिकापुर काण्डमा दोषी ठहर भएपछि डिल्लीबजार कारागारमा रहँदै आएका छन् ।



नयाँ