arrow

निर्वाचन आयोगको फैसलाः उपेन्द्रले नेतृत्व गरेको जसपा आधिकारिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ११ सोमबार
upendra-yadav1.jpg

काठमाडौं । निर्वाचन आयोगले उपेन्द्र यादवले नेतृत्व गरेको जसपालाई आधिकारिकता दिएको छ ।

आयोगले जसपाको विधान, केन्द्रीय कार्यकारिणी समितिमा रहेका सदस्यता संख्या र जसपाको दुबै पक्षका कागजातको अध्ययनपछि प्रमुख आयुक्तको नेतृत्वमा रहेको इजलासले उपेन्द्र पक्षलाई आधिकारिकता दिएको हो ।

जसपाको ५१ सदस्सीय कार्यकारिणी समितिमा उपेन्द्र पक्षमा ३४ जना उभिएका छन् । यस्तै महन्थ ठाकुरको पक्षमा १६ जना उभिएका छन् भने रेशम चौधरी दुबै पक्षमा नखुली तटस्थ बसेका छन् ।

आयोगले राजनीतिक दल सम्वन्धि ऐनमा भएको व्यवस्था अनुसार इजलास गठन गरेर जसपाको आधिकारिकताको छिनोफानो गरेको हो ।

जसपाका अध्यक्षद्वय उपेन्द्र र महन्थ पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई सोमबार आयोगमै बोलाएर सनाखत गरेको थियो । आयोगले जसपा विवादबारे ३ साउनबाट इजलासमा सुनुवाइ शुरु गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ