- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धनुषा। राष्ट्रिय एकता अभियानले जनकपुरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँगै पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध प्रदर्शन गरेको छ। अभियानका केन्द्रीय अध्यक्ष विनय यादव र उपाध्यक्ष सुनिता साहको नेतृत्वको समूहले मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानविरुद्ध प्रदर्शन गर्दै उनीहरूको तस्बिर जलाएको हो।
अभियानले जनकपुरको रामानन्द चोकबाट र्याली निकाली भानु चोकमा पुगेर मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको तस्बिर जलाएको हो।
अभियानले प्रदर्शनको क्रममा मदरसा शिक्षा विधेयक फिर्ता गर्नुपर्ने, प्रदेशमा तालिबानीकरणको योजना बनाउने मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने माग राखेको थियो। उनीहरूले सुरक्षा दिन नसक्ने मुख्यमन्त्री विरुद्ध नाराबाजी गर्दै सङ्घीय हिन्दु गणतन्त्रको पक्षमा बोलेका थिए।
अभियानका केन्द्रीय अध्यक्ष यादवले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेन्ट भएर नेपालमा काम गिरहेको सङ्गिन आरोप लगाएका थिए।
अभियानकी केन्द्रीय उपाध्यक्ष साहले पछिल्लो समय मुख्यमन्त्री लालबाबु राउतले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशमा तालिबानीकरण गर्ने योजना बनाएको बताइन् ।
अभियानका केन्द्रीय सदस्य जितेन्द्र दासले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मदरसा शिक्षा विधेयक पाकिस्तानी प्रधानमन्त्री इमरान खानको इसारामा ल्याउन खोजेको आरोप लगाए।
अभियानका अर्का केन्द्रीय सदस्य मनोज पासवानले मुख्यमन्त्री लालबाबु राउतले मदरसा शिक्षा विधेयकको विरोध गरे।
त्यस्तै अभियानका वरिष्ठ नेता काशीचन्द्र यादव, केन्द्रीय सदस्य शर्मिला महराले मदरसा शिक्षा विधेयकको कुनै औचित्य नभएको भन्दै विरोध गरे।