arrow

सबैभन्दा कम उमेरको जोडीले जित्यो स्वर्णपदक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १२ मंगलबार
tokyo-olympic-china-gold.JPG

काठमाडौं । जापानको टोकियोमा आयोजित टोकियो ओलम्पिकमा चिनियाँ सबैभन्दा कम उमेरको जोडीले स्वर्णपदक जितेको छ । महिला सिन्क्रोनाइज्ड १० मिटर डाइभिङमा १५ वर्षे युसी चेङ र १७ वर्षे जियाकी झेङको जोडीले स्वर्ण जितेको हो । 

यो स्पर्धामा अमेरिकाले रजत तथा मेक्सिकोले कास्यपदक जितेको छ । चीनले सन् २००० को सिड्नी ओलम्पिकदेखि राखिएको यो स्पष्र्धामा लगातार स्वर्ण जित्न सफल भएको छ । चीनको यो लगातार पाँचौं स्वर्ण हो । 

यो पदकसँगै पदक तालिकामा अमेरिकालाई पछि पार्दै चीन अगाडि लागेको छ । सोमबार रातिसम्म आयोजक जापान ८ स्वर्णसहित अग्रस्थानमा रहेकामा मंगलबार तेस्रो स्थानमा झरेको छ । 

चीन ९ स्वर्णसहित शीर्ष स्थानमा छ । चीन ९ स्वर्ण, ५ रजत र ७ कास्यसहित २१ पदक बटुलेर शीर्ष स्थानमा पुगेको हो । अमेरिका ८ स्वर्ण, ५ रजत र ८ कास्य गरी २१ पदकसहित दोस्रो स्थानमा छ । 

जापानको ८ स्वर्ण, २ रजत र ४ कास्य रहेको छ । चौथो स्थानको रुसी ओलम्पिक कमिटीे ५ स्वर्ण, ७ रजत र ४ कास्यसहित १६ पदकबाट चौथो स्थानमा छ । ग्रेट ब्रिटेन ४ स्वर्ण, ५ रजत र १ कार्यसहित १० पदकबाट पाचौं स्थानमा छ । 

हालसम्म २५ राष्ट्रले स्वर्णपदक जित्दा ५३ राष्ट्रले पदक जितेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ