arrow

यी शरणार्थी जसले जितिन् स्वर्णपदक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १२ मंगलबार
tokyo-olympic-refugee-gold-.jpg

काठमाडौं । इच्छाशक्तिले जस्तोसुकै चुनौती पनि पार गर्न सजिलो हुन्छ भनेझैं गरी इच्छाशक्ति पूरा गरेकी छिन् एक शरणार्थी खेलाडीले । सिरियाकी शरणार्थी २५ वर्षीया मुना डाहोउकले जापानमा आयोजित टोकियो ओलम्पिकमा स्वर्ण जितेर रेकर्ड बनाएकी हुन् । 

मंगलबार २७ जुलाईमा उनले जुडोको महिला ६३ केजी तौल समूहमा स्वर्णपदक जित्न सफल भएकी हुन् । ६ वर्षदेखि जुडो खेल्न थालेकी उनले आईओसी रिफ्युजी एथलेट स्कलरसिप पाएर अभ्यास गर्न पाएकी थिइन् । 

उनका बाबु सिरियाको दमास्कसमा जुडोका सेन्साइ थिए । मुना उनकी दिदी डुलासँग मिलेर आफ्ना बाबुसँग जुडो सिक्न जान्थिन् । 

जब गृहयुद्ध भयो तब उनीहरुले आफ्ना बाबु गुमाए । त्यसपछि उनीहरु दाजु र आमासँगै नेदरल्याण्ड्स गए । मुनाले भनिन्, ‘बुबाको मृत्युपछि हामी सिरियामा बस्न नसक्ने अवस्थामा भयौं र सिरिया छाड्यौं ।’

दुवै दिदीबहिनीले आईजेएफ शरणार्थी टिमबाट भाग लिए सन् २०१९ को बुडापेष्ट ग्राण्डप्रीमा र गत वर्षको पेरिस र डुसेलडर्फ ग्राण्ड स्लाममा । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ