arrow

कामु प्रधानसेनापतिको जिम्मा शर्मालाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १२ मंगलबार
Pravuram-Sharma.jpg

काठमाडौँ । सरकारले नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी बलाधिकृत रथी प्रभुराम शर्मालाई दिएको छ ।
 
प्रधानसेनापति पूर्णचन्द्र थापा २५ साउनबाट बिदामा बस्ने भएपछि मङ्गलवार बसेको मन्त्रीपरिषद् बैठकमार्फत सरकारले सोही दिनबाट लागू हुने गरी शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको हो । 

कानुन मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोक्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए । प्रधानसेनापति थापाको कार्यकाल २४ भदौसम्म छ ।

त्यसपछि शर्माले ४४ औँ प्रधानसेनापतिका रूपमा नेपाली सेनाको नेतृत्व गर्ने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ