arrow

टेकु अस्पतालका पूर्व निर्देशकले भने -देश विकराल अवस्थामा छ, तेस्रो भेरियन्टबाट धेरै क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १२ मंगलबार
sagar-rajbhandari.JPG

काठमाडौँ ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्व निर्देशक तथा सरुवा रोग विशेषज्ञ डा. सागरराज राजभण्डारीले देश विकराल अवस्थामा रहेको भन्दै अझै पनि हेलचक्राई गरेमा आक्रामक रूपमा आइरहेको तेस्रो भेरियन्टबाट धेरै क्षति हुने जिकिर गरेका छन् ।

 तेस्रो लहरबाट धेरै क्षति हुने बताउदै उनले सार्वजनिक स्थानमा स्वास्थ्यका मापदण्ड नअपनाएको बताए । डा. राजभण्डारीले स्वास्थ्यका मापदण्ड अपनाउन सबैलाई आग्रह गरे । डेल्टा प्लस थ्री बडो आक्रामक रूपमा आउने भन्दै यसबाट अत्यधिक चाँडो सङ्क्रमण बढ्ने उल्लेख गरे ।

नेपालमा कोरोना सङ्क्रमितको आवश्यकता अनुसार उपचार हुन नसकेको बताए । कन्ट्याक्ट-ट्रेसिङमा परेकाको जाँच गर्न नसक्नु गल्ती हो भन्दै उनले भने,‘गाउँ-गाउँमा छ्यापछ्याप्ती संक्रमित रहेका छन्, चेकजाँच हुन सकेको छैन ।’

उनले तेस्रो भेरियन्टबाट १८ वर्ष मुनिका र खोप नपाएका प्रभावित हुने जिकिर गरे । सरकारका तीन निकायबिच अझै पनि समन्वय हुन नसकेको उनको भनाई थियो । उनले कोभिड-१९ नियन्त्रणमा स्वास्थ्य मन्त्रालयको अहम् भूमिका रहने बताए ।

 ‘नियन्त्रणको लागि प्रत्येक व्यक्तिमा आँफै दायित्वबोध हुनुपर्छ ।’ उनले भने,‘तीन महिनाभित्र खोप ल्याइसक्नुपर्छ ।’ उनले तोकिएको उमेरसमु्हलाई खोप नदिएर आफ्ना नजिककालाई खोप दिएको समेत आरोप लगाउँदै राजभण्डारीले भने, ‘तोकिएको उमेर समूह लाई समयमै दिनुपर्छ ।’

उनले आफ्नो पालामा टेकु अस्पतालमा २ वटा भेन्टिलेटरबाट २२ वटासम्म बनाएको बताए । कोभिड-१९ २-४ महिनामै जाने वाला छैन भन्दै यसबाट कसरी बच्ने त्यतातिर ध्यान दिनुपर्ने उनको भनाई थियो । 



नयाँ