arrow

एनआरएनएको समाचार लेख्ने पत्रकार खातीलाई धम्की, महासंघद्वारा खेद व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १३ बुधबार
nrna-final.jpg

अमेरिका । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् डेनमार्कका अध्यक्ष रवीन्द्र खड्काले एनआरएनए डेनमार्कको अधिवेशन सम्बन्धमा प्रकाशित समाचारको विषयलाई लिएर पत्रकार महेश खातीलाई फोनबाट गालीगलौज गरेको घटनाप्रति गैरआवासीय नेपाली पत्रकार महासंघले खेद व्यक्त गरेको छ।

‘एनआरएनए डेनमार्कको अधिवेशन नजिकिंदै, छैन उत्साह र रौनकताू भन्ने शिर्षकमा ईनेपाली खबर डटकममा समाचार प्रकाशित भएपछि शनिबार राती १० बजेतिर खड्काले खातीलाई फोन गरी अभद्र शब्दहरु प्रयोग गर्दै धम्क्याएका थिए।

‘एनआरएनए जस्तो सामाजिक संस्था र त्यसको नेतृत्वको काम कारवाहीको विश्लेषण गर्दै समाचार लेखेकै कारणले डेनमार्कमा क्रियाशील यस महासंघका सहकोषाध्यक्ष पत्रकार महेश खाती विरुद्ध खड्काले प्रयोग गरेको भाषाले हामीलाई स्तव्ध बनाएको छ ।

कुनै पनि समाचारका बिषयमा आफ्ना भनाई राख्न पाउने र सार्वजनिक रुपमा खण्डन गर्न पाउने अवस्था रहंदारहंदै फोन गरेर धम्क्याउने शैली एनआरएनएको मर्यादा अनुकूल नरहेको हामीले महसुस गरेका छौ,’ महासंघका महासचिव कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

‘सार्वजनिक संस्थाका बारेमा सामाचार प्रकाशित हुनु सामान्य विषय हो।  एकजना क्रियाशील पत्रकारलाई धाकधम्की दिने, अमर्यादित अभिव्यक्ति दिने जस्तो गैरजिम्मेवार कार्यका लागि माफी माग्न हामी खड्कालाई आग्रह गर्दछौं। आगामी दिनमा पनि उहाँले यस्तो व्यवहार नसच्याए उहाँ विरुद्ध कारवाही गर्न एनआरएनए केन्द्रलाई लेखि पठाउने जानकारी गराउंछौं। डायस्पोरामा संघर्ष गर्दै कार्यरत नेपाली पत्रकारहरु र प्रवासी नेपाली समुदायबीच निकट सम्पर्क र सहकार्य हुनु पर्छ भन्ने हाम्रो मान्यता छ।  यदि कुनै पनि कारणले असमझदारी उत्पन्न भएमा आपसी छलफल र संवादद्वारा समस्याको समाधान गर्न पनि हामी अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।-जीएनएन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ