arrow

गौरीकाले तोडिन् आफ्नै कीर्तिमान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १३ बुधबार
gaurika-rio-new-.jpg.jpeg

काठमाडौँ । जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरीका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

टोकियो एक्वेटिक सेन्टरमा बुधवार भएको खेलमा गौरीकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्। एक सय मिटर फ्रिस्टाइलमा उनले एक मिनेट००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । 

गौरीकाले प्रतिस्पर्धा गरेको हिट चरणमा चार जना खेलाडी रहेका थिए । जसमा उनी तेस्रो स्थानमा रहिन् । यस स्पर्धामा उत्कृष्ट १६ खेलाडी मात्र सेमिफाइनलमा प्रवेश गर्नेछन् । पचास मिटरको लङ कोर्समा गौरीकाले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेकी हुन् । यसअघि उनको नाममा १:००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो । 

ओलम्पिकमा गौरीकाको यो दोस्रो सहभागिता हो । यसअघि २०१६ मा गौरीका रियो ओलम्पिकमा सहभागिता जनाएकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ